मंगलबार , बैसाख ४, २०८१

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक आक्रो शित भएका छन् ।

आज पार्टीको वडा अधिवेशन शुरु हुने भएपछि बिहानै खुसी भएका देउवा दिउसो आ क्रो शित देखिएका छन् ।

बिहानै भिडियो सन्देश जारी गर्दै देउवाले भनेका थिए, ‘आज म निकै खुसी छु ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील
सदस्यहरु आजबाट १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुनुभएको छ। मैले ती सबैको जोशजाँगर
र सहयोगको अनुभुति गरिरहेको छु।’

बिहानै खुसी सुनिएका देउवा दिउँसो भने झोक्कि एका छन्। देउवा झो क्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल
बनेको छ। उक्त भिडियोमा देउवा भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापासँग झोक्किएको देखिएको छ।

देउवाको पहिलो वाक्य सुनिन्छ, ‘झु ट बोल्ने तपाईँ ! सबै न्युजमा जान्छ भोलि यहाँ !’ देउवा आ क्रो शित देखेपछि थापाले
भनेका छन्, ‘तपाईं चुनाव ल डेपनि हराउने भनिरा’छ त महेश बस्नेतले। तपाईंलाई यहाँ चुनाव लड्न चु नौती दिएका छन्।’

त्यसपछि झनै रि साएका देउवाले मास्क लगाएर केही बोल्छन्। त्यो प्रष्ट सुनिँदैन। लगत्तै थापाले भनेका छन्, ‘लड्नु हुन्न भने
त मैले।’ त्यसपछि देउवाले सोध्छन्, ‘को लड्दैछ ? वाहियात।’ त्यसपछि हातले इशारा गर्दै देउवाले थापालाई भनेका छन्,
‘तिमी त खत्तम मान्छे रहेछ।’

उद्घोषणले उद्घोषण जारी राख्छन्। देउवा र दुर्लभको बीचमा रहेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालाई मन्तव्यका लागि
बोलाउँछन्। उनको नाम सुनिँदैन। ‘कस्तो कुरा गर्छ यार,’ यहीबीचमा देउवाले यस्तो कुरा भाषणमा गर्नै नहुने सुझाए, ‘चुना
व लड्न चुनौ ती दिए भनेर भाषण गर्दै हिड्ने तपाई ?’

आज कांग्रेसको ४० बढी जिल्लामा वडा अधिवेशन तय भएको थियो। यही क्रममा सभापति देउवाले राजधानीको नजिकको जिल्ला
छाने अधिवेशन उद्घाटनका लागि। क्रियाशील सूची सार्वजनिक भइसकेको जिल्ला थियो भक्तपुर। त्यसो त भक्तपुरका हालका
कांग्रेस जिल्ला सभापति थापा पनि देउवा समूहकै हुन्।

विवा दका बीच हुन लागेको कांग्रेस अधिवेशन उद्घाटनमा देउवालाई पुग्न सबैभन्दा सजिलो र नजिकको जिल्ला बन्यो भक्तपुर।
साढे १० बजेका लागि सुर्यविनायक वडा ५ को कटुञ्जेमा तय गरिएको कार्यक्रममा पुगे देउवा। उनलाई नेवारी बाजागाजासहित
स्वागतसमेत गरिएको थियो।

आफ्नो मन्तव्य सकाएपछि आसनतिर जाँदै गर्दा देउवा दुर्लभसँग एकाएक झोक्किएको भिडियो भाइरल भएपछि हामीले थापालाई
सोध्यौ स् खास के भएको थियो ? आफूले देउवालाई आफ्नो क्षेत्रमा चुनाव लड्न महेश बस्नेनले चुनौति दिएको प्रसंग उल्लेख
गरेपछि सभापति झोक्किएको थापाले बताए।

‘त्यो भिडियो भाइरल भएछ। खासमा अस्ति शेरबहादुर दाइ यहाँ चुनाव लडे जमानत जफत हुन्छ भनेर महेश बस्नेत बास्य थियो नि।
मैले हाम्रो नेताको अप मान गर्न भएन भन्ने हिसाबले बोलेको थिएँ,’ भक्तपुरका सभापति थापाले भने, ‘उहाँलाई पनि त्यो कुरा थाह
रहेछ। कहाँ म यहाँ चुनाव लड्छु भनेर गाली गर्नुभयो।’

त्यसपछि भने देउवाले बस्नेतलाई दुर्लभ थापालाई हराएर देखाउन चु नौति दिएको उनले बताए। ‘अनि उहाँले मसँग हैन दुर्लभसँग लड
भनेर भन्नुभयो,’ हाँस्दै थापाले भने।

सभापति देउवाले कार्यक्रमको सम्बोधनको क्रममा भनेका छन्, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव जित्ने भन्छन्। पहिले दुर्लभ
थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’ यो कुराले आफूलाई निकै खुसी लागेको थापाले बताए।

सम्बोधनकै क्रममा देउवा भरसक सबै साथीहरुले… भन्दै गर्दा अड्किएपछि थापाले ‘सर्वसम्मत’ भनेर सम्झाउँदा पनि देउवा झोक्किएका
देखिन्छन्। शुरुमा थापासँग बिच्केका देउवाले भने, ‘बोल्नुपर्छ भन्या.. म नि बोलिहाल्छु नि।’यति भनेपछि देउवाले थपे, ‘सर्वसम्मत
किसिमले काम गर्नुहोला। वडादेखि नै महाधिवेशन गर्नुहोला। हाम्रो पार्टीलाई एकताबद्ध बनाउनुहोला।’ यो खबर माेटिभ न्युजबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय