बिहिबार , बैसाख १३, २०८१

अस्थिर बनेको आरोप लागिरहेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा

(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नयाँ शर्त राखेको खुलेको छ ।

एमाले छोडेर एकीकृत समाजवादीमा जाने चर्चा चलिरहेका बेला गौतमले नयाँ सर्त राखेको खुलेको हो ।

बिहिबार नेता नेपाल र गौतमबीच भएको भेटवार्तामा गौतमले संघीयता परिमार्जनको सर्त राखेको बताइएको छ । यसअघि गौतमले
जबज स्विकार गर्नुपर्ने सर्त राखेका थिए । गौतमले आफ्ना केही माग पूरा गरेको खण्डमा मात्र नेपाललाई साथ दिने बताएका थिए
।यस अलावा गौतमले कार्यकारी राष्ट्रपतिको एजेण्डा उठाउनुपर्ने सर्त पनि उनले राखेको बताइएको छ ।

कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त
मान्नुपर्ने, सं घीयता परिमार्जन गर्नुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए ।अध्यक्ष नेपालले भने गौतमको
सर्तबारे छलफल गर्न सकिने जवाफ दिएको बताइएको छ ।

भेटमा नेपालले जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । एमालेबाट अलग भएपछि उक्त पार्टीमा
जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । यता विश्वस्त स्रा्ेतका अनुसार गौतम र नेपालबीच मोटामोटी कुरा मिलेको
बुझिएको छ । रास्ट्रिय अनलार्इन बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय