बिहिबार , बैसाख १३, २०८१

राजनिति,

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी
ओली उनीहरूले भने बमोजिम अघि नबढ्ने संकेत देखापरेको छ ।

पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई द’बाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे
कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रो’ह हुने चेता’वनी दिँदै आएका छन् ।

तर, उनीहरूको चेतावनीको जवाफ ओलीपक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।

पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबार सम्मको अल्टिमेटम दिएको भए पनि अध्यक्ष ओली एक्लै
अगाडि बढ्न खोजेको उनीहरूको बुझाइ छ । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए
आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको बताइरहँदा नेतृत्व पंक्ति भने त्यसतर्फ ग’म्भीर नरहेको उनीहरूको बुझाइ छ ।

‘५७ भाइ’ का नामले परिचित समूहमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नेपालकै नेतृत्वमा प्रस्तावित नेकपा
(एकी’कृत स’माजवादी) पार्टीमा नरहेका व्यक्ति रहेका छन् । पार्टी एकता जोगाउन कतै पनि नखुलेका उनीहरू अध्यक्ष ओली निकटका
नेताहरूले पार्टीमा अब बार्गेनिङ नचल्ने जवाफ फर्काएपछि निरा’श बनेका छन् ।

गत शुक्रबार महाराजगन्ज स्थित एक पार्टी प्यालेसमा बसेको ५७ भाइको बैठकले ओलीका साथै नेपाललाई समेत पार्टी एकताका लागि
दबाब दिने निर्णय लिएको थियो । नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेपाललाई उनीहरूले दल दर्ता नगरी पार्टी एकतामै फर्किन भन्दै
दबाब दिँदै आएका छन् ।

तर, ओली समूहका नेताहरूले तेस्रो धार भनिएका ९५७ भाइ० लाई पार्टी एकताको नाममा बा’र्गेनिङ गरिरहेको आ’रोप लगाएका छन् ।
पार्टी एकताको नाममा अब त्यस्तो कुनै बार्गेनिङ नचल्ने भन्दै ओली समूहका नेताले उनीहरूको प्रस्ताव अस्वीकार गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय