बिहिबार , बैसाख १३, २०८१

नेकपा नेता प्रदीप नेपालले पनि माधव कुमार नेपालकाे साथ छाेड्ने संकेत गरेका छन् ।

नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता नेपालले अध्यक्ष माधवकुमार नेपालले झेली
गरेकाे भन्दै उनकाे साथ छाेड्ने संकेत गरेका हुन् ।

यद्यपी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे पक्षमा पनि नजाने भएका छन् । सोमबार फेसबुकमा उनले आफूले
माधव नेपालबाट धो का पाएको टिप्पणी गर्दै भनेका छन् – ‘म केपीसँग जान्न, किनभने ता नाशा ही प्रवृ त्तिको म सधैँ वि रो धी हुँ ।

तपाईं पनि झे ली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ ।
तर आखिरमा तपाईंबाट पनि मैले धो काकै उपचार लिएर जानुपर्ने भो । बिदा ।’

बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा निर्वाचन आयोगमा नेकपा समाजवादी पार्टी दर्ता भएको थियो । सो पार्टीको
केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ। सूचीमा नेपालको नाम चार नम्बरमा थियो । उनले फेसबुकमा प्रतिक्रिया लेख्दै आफू
एमालेभित्रको झगडामा न माधव न केपी ओली कतै पनि नरहेको समेत जनाएका छन् ।

उनले आफू मार्क्सवादी रहेको र आफ्नो व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा राख्न नसकेको बताए ।तरार्इ अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय