एमसीसी’काे वि’राेध गर्दै नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रद’र्शन गर्ने १० जना प’क्राउ परेका छन् ।

शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई प’क्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प’क्राउ पर्नेमा सबै पुरुष रहेका छन् । युवा जनसेवक नेपालको केन्द्रीय अध्यक्ष जनक

ढुंगाना, उपाध्यक्ष कुलदीप शर्मा, एमसीसी खारेजी अभियानका अध्यक्ष निर्ग जैसी लगायतलाई प’क्राउ गरिएकाे प्र’हरीले जनाएकाे छ ।

विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौ’ता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन
सकिरहेकाे छैन । अहिले अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने तय भए
पछि एम’सीसीको वि’पक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका हुन् ।

आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेर
बहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । तरार्इ अनलार्इनबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय