बुधबार , बैसाख १२, २०८१

राजनिती,

२०७५ जेठ २ अघिको एमालेभित्र माधव नेपाल पक्षका जिल्ला अध्यक्षहरू बहुमत रहेकोमा पार्टी वि भाजन हुँदा भने निकै कम संख्याले मात्र नेपाललाई साथ दिने देखिएको छ ।

१० बुँदे सहमति कार्यन्वयन सँगै एमाले जेठ २ मा फर्किँदा माधव नेपाल पक्षका अधिकांश जिल्ला अध्यक्ष भने एमालेमै बस्ने भएका छन् ।

जेठ २ अघिको एमालेमा ७७ मध्ये माधव पक्षका ३८ जिल्ला अध्यक्ष थिए । नेपालले पार्टी वि भाजन गरेर नेकपा (एस) गठन गर्दा जेठ २ अघिका १३ जिल्ला अध्यक्षले उनलाई साथ दिने देखिएको छ ।

नेपाल समूहमा रहेका तर १० बुँदे सहमति कार्यान्वयनपछि दुवै पक्षसँग संवादमा रहेका केही अध्यक्षले आफ्नो कित्ता प्रष्ट पार्न बाँकी छ ।
एमाले जेठ २ मा फर्किँदै गर्दा प्रदेश १ का माधव नेपाल समूहका ६ जना जिल्ला अध्यक्षमध्ये संखुवासभाका हेमराज घिमिरेमात्र नेकपा
एसमा समाहित भएका छन् ।

नेपाल पक्षले तत्कालीन एमालेमा ताप्लेजुङ, इलाम, तेह्रथुम, सुनसरी, उदयपुर, संखुवासभा र खोटाङमा अध्यक्ष जितेको थियो । प्रदेश २
मा नेपाल पक्षका चारजना अध्यक्ष रहेकोमा बाराका सुन्दर विश्वकर्मा दुवै पक्षसँग छलफल गरिरहेका छन् । अन्य तीनजना नेपाल पक्षमा
खुलेका छन् ।

माधव नेपाल समूहको राम्रो मानिएको वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र अरुण नेपाल एमालेमा बसेका कारण नेकपा एसमा जानेको
संख्या न्यून भएको छ । नेपाल पक्षले रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रसुवा र चितवनमा अध्यक्ष
जितेको थियो । पार्टी विभाजन हुँदा काभ्रेका टोकबहादुर वाइबा र मकवानपुरमा मुनु सिग्देलमात्र नेकपा एसमा लागेका छन् ।

गण्डकीमा जेठ २ अघि माधव नेपाल पक्षका एकमात्र जिल्ला अध्यक्ष थिए बागलुङका ईन्द्रलाल सापकोटा । उनले पनि पार्टी विभाजनमा
नेपाललाई साथ नदिएपछि नेकपा एस निल भएको छ । लुम्बिनीमा माधव पक्षबाट चारजना जिल्ला अध्यक्ष थिए । दाङका टिकाराम
खड्का अझै पनि तटस्थ देखिएका छन् भने बाँके र रोल्पाका अध्यक्षले नेपाललाई साथ दिएका छन् ।

माधव नेपालको सबैभन्दा राम्रो मानिएको कर्णालीमा जेठ २ अघि उनको पक्षका पाँचजना जिल्ला अध्यक्ष रहेकोमा विभाजनको बेला
रुकुमपश्चिमका विमल पुनले मात्र साथ दिएका छन् । सुदूरपश्चिममा माधव नेपालका जेठ २ अघिका अध्यक्ष ६ जना थिए । विभाजनको
बेला चारजना अध्यक्ष नेपाल पक्षमा खुलेका छन् भने एकजना तटस्थ छ । जेठ २ अघिका जिल्ला अध्यक्षहरू मध्ये सुदूरपश्चिममा नेपाल
पक्षमा धेरै देखिएका छन् । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय