बिहिबार , चैत्र १५, २०८०

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पार्टीभित्र निकै अप’मानित भएर बसेका छन् ।

मन्त्री बन्छुभन्दै खुट्टा उचालेर बसेका श्रेष्ठलाई हुँदा खाँदाको पदपनि खोसिएपछि निकै अपमानित भएर बसेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ख्यालख्यालमै पार्टीको प्रबक्ताबाट हटाएपछि उनको भुमिका शून्य जस्तै भएको छ ।
यही विषयमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीचको विवा’द चर्किएको छ ।

श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई सुम्पिए पछि यि दुई नेता बिचको सम्बन्धमा खलल सृजना
भएको हो । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गर्न थाले पछि नेता श्रेष्ठ अस’न्तुष्ट देखिन थालेका छन् ।

श्रेष्ठले सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा इच्छा देखाएका छन् । तर, प्रचण्ड भने उनलाई सरकारमा
पठाउने तयारमा देखिएका छैनन् ।माओवादीभित्र अहिले जनयुद्धमा प्रत्यक्ष भूमिका खेलेका र नखेलेकाको बिच ध्रुवीकरण समेत देखिएको
छ । नारायणकाजी श्रेष्ठ जनयुद्धमा थिएनन् । उनी पछि मात्र माओवादीसँग एकीकरण गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

आफू प्रति अधिकारसमेतको कटौती र सरकारमासमेत नलाने देखेपछि नारायणकाजीले कडा कदम चाल्ने तयारी गरेका छन् । उनले
निकटस्थसँग यसबारे छलफल समेत बढाइसकेका छन् ।नारायणकाजी निकट स्रोतका अनुसार प्रचण्डको प्रवक्ताबाट हटाउने कदम
निकै महङ्गो पर्ने संकेत देखिएको छ । प्रचण्डको यस निर्णयले पार्टी भित्र ठूलै मनमोटवको अवस्था सृजित हुने देखिएको छ ।

श्रोतका अनुसार नारायणकाजी श्रेष्ठले अर्का नेता गिरीराजमणी पोखरेललाई एमालेसँग पार्टी प्रबेश गर्ने विषयमा छलफल गर्नका लागि
जिम्मा दिएका छन् । पार्टी फुटाएर सानोझु’ण्ड भएर बस्नभन्दा ठूलो पार्टीमा समाहित हुँदा नेता कार्यकर्ताको भविश्य सुरक्षीत हुने

भएपछि उनले एमालेसँग बार्ता सुरु गरेको श्रोतका भनाई छ ।एमालेमा पार्टी उपाध्यक्ष दिए प्रबेश गर्ने खालको सन्देश एमाले
अध्यक्ष ओलीलाई पठाएका छन् । ओलीले भने यस विषयमा कुनै जवाफ नपठाएको श्रोतको भनाई छ ।मोटिभेट न्यूजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय