शुक्रबार , बैसाख ७, २०८१

विस २०७५ जेठ ३ गते माओवादी र नेकपा मिलेर नेकपा बनेपछि सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल भए।

माओवादीमा २०६३ देखि निरन्तर प्रदेश इन्चार्ज रहँदै आएका लेखराज भट्टलाई त्यो निर्णय चित्त बुझेको थिएन।

भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए।

तर, प्रचण्डले भट्टको आग्रह पुनर्विचारगरेनन्। रावल नै इन्चार्ज भए। लामो समय प्रचण्डलाई साथ दिँदै आएका भट्ट त्यही विन्दुबाट
प्रचण्डबाट टाढीए। त्यसैले सर्वोच्च अ दालतले नेकपा भंग गर्ने निर्णय गरेपछि पनि उनी माओवादी केन्द्रमा फर्केनन्, एमालेमा प्रवेश गरे।

त्यसपछि भट्टले तुरुन्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिए। ओलीले २०७७ फागुन २८ मा पुरस्कार स्वरुप सुदूरपश्चिमको
इन्चार्जको जिम्मेवारी भट्टलाई दिए।
भदौ ८ मा माधवकुमार नेपाल पक्षमा लागेका भीम रावलसहित ९ नेता नवगठित पार्टीमा नगई एमालेमै फर्किए।

भीम रावल एमालेमा फर्केपछि भट्टको इन्चार्ज पद फेरि खोसियो। भदौ ८ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको
बैठकले नेताहरुको जिम्मेवारी पुरानै अवस्थामा फर्किएको निर्णय गरेको थियो।

इन्चार्ज पद खोसिएपछि भट्ट यतिबेला बिच ल्लीत छन्। प्रदेश इन्चार्जका लागि उनले माओवादी त्यागे। तर, त्यही पद पनि गुमाए।रावल
र भट्ट दुवै विगतमा सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता हुन्। उनीहरु एउटै पार्टी र एउटै पदका प्रतिस्पर्धी हुँदा दुई नेताबीच
जटिल समस्या आउने तत्कालीन नेकपाका सुदूरपश्चिम सहइन्चार्ज रहेका खगराज भट्ट बताउँछन्।

‘भीम रावल र लेखराज भट्ट दुवै व्यक्तिवादी सोचविचार भएका नेता हुन्। उनीहरु एउटै पार्टीमा रहन सम्भव छैन,’ खगराजले
भने।२०७७ फागुन २६ गते रावललाई इन्चार्जबाट हटाएर भट्टको नेमप्लेट राख्ने विषयमा विवाद हुँदा माधव नेपाल पक्ष र केपी
ओली पक्षबीच कुटाकुट नै भएको थियो।

तर, अहिले दुवै नेता कमजोर स्थितिमा छन्। भट्ट माओवादीबाट एमाले प्रवेश गर्दा उनले साथमा कसैलाई पनि लैजान सकेनन्।
त्यसैगरी माधव नेपाललाई छाडेर एमालेमै फ र्किन पुगेका रावलले पनि सो प्रदेशमा आफ्नो शक्ति गुमाएका छन्।

एमालेका नेताहरु पार्टी जेठ २ मा फर्केको बताइरहेका छन्। तर, एमालेका पूर्वमाओवादी नेताहरु भने त्यसलाई स्वीकार्न तयार छैनन्।
त एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुमाथि अन्याय भए विद्रोह गरेर हिँड्ने चे तावनी पनि उनले दिए।उता लेखराज भट्टलाई
माओवादी केन्द्र फर्किने बाटो बन्द भइसकेको खगराज भट्टले बताए।

‘रावल र भट्टलाई एमालेमा नमिले पनि सुख छैन र मिल्न पनि कठिन भइरहेको बेला मा ओवादी केन्द्र मा सजिलै स्थान बन्ला
जस्तो लाग्दैन,’ खगराजले भने।भट्टलगायतका नेताहरु माओवादी केन्द्र खारेज गर्नुपर्ने रिट बोकेर सर्वोच्च अदाल त पुगेका थिए।
महेन्द्रनगरपोस्टबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय