मंगलबार , बैसाख ११, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईमाथि ठूलो घात गरेका छन्।

उनले योगेशलाई प्रवक्ताबाट हटाएका हुन्। माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै
बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो।

एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो। त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो।

बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ।

उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ। दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा
निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ। यो खबर महेन्द्रनगरपोस्ट बाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय