मंगलबार , बैसाख ११, २०८१

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले
भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताउनुभयो ।

आज बिहीवार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गर्नुभएको थियो ।

सिंहदबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ
दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताउनुभयो ।

सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेपालले मन्त्रिपरिषद्वि
स्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरूबीच छलफल हुने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यसबारेमा अहिले
केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिलाई आह्वान गर्नुभयो । केपी ओली
उहाँका मान्छेहरूले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको भ्रममा नपरि आफ्नो पार्टीमा आउन पनि
एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याउनुभयाे । उहाँले क्रान्तिकारी विचारको आधारमा
निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराउनुभयो ।

नेता नेपालले भन्नुभयो, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलीन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।
हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरङ्कुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरु’द्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने
दाबीसमेत गर्नुभयो ।यसैबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीवार
नै सिंहदरबारमा रहेकाे दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय