बिहिबार , बैसाख १३, २०८१

भक्तपुरमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकी कृत समाजवादी पार्टी निकै कमजोर देखिएको छ ।

एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भए पनि भक्तपुरमा अधिकांश वडाअध्यक्षदेखि सांसदसम्म मूल पार्टीमै बसेका हुन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, जिल्ला समन्वय समिति र चारवटा स्थानीय तहमा एमाले पहिलो पार्टी रहे पनि
एकीकृत समाजवादी झन्डै निलको अवस्थामा छ ।

चार वर्ष अघि स्थानीय तहको निर्वाचनमा एमालेबाट र संघको निर्वाचनमा वाम गठबन्धन ९एमालेतर्फ० बाट विजयी भएका भक्तपुरका
वडाध्यक्षदेखि सांसदले पार्टी विभाजनमा केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन् ।

भक्तपुरमा प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र छन् । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता महेश बस्नेत र २
बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल संघीय सांसद छन् । बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।
उनले तल्लो कमिटीका नेता, कार्यकर्तालाई मूल पार्टीमै ल्याएका छन् ।

चार प्रदेश निर्वाचन क्षेत्रमा एमाले अगाडि

भक्तपुरमा प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा तत्कालीन वाम गठबन्धनले तीन सिट जितेको थियो । वाम गठबन्धनबाट जित्नेमा १
‘क’ बाट हरिशरण लामिछाने तथा २ ‘क’ शशीजंग थापा र ‘ख’ बाट राजेन्द्रमान श्रेष्ठ थिए । १ ‘ख’ बाट नेपाल मजदुर
किसान पार्टीका सुरेन्द्रराज गोसाइँले जितेका थिए ।

तर, लामिछानको हृदयघातबाट निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले चुनाव जितेका थिए ।
अहिले एमाले, माओवादी केन्द्र ब्यूतिएका मात्र छैनन्, एमाले विभाजन भएर एकीकृत समाजवादी पनि गठन भइसकेको छ
तत्कालीन नेकपाका तीन प्रदेशसभा सांसदमध्ये श्रेष्ठ मात्र नेपाल नेतृत्वको समाजवादीमा लागेका छन् । बाँकी दुई सांसद एमालेमै छन् ।

स्थानीय तहमा पनि एमालेकै पल्लाभारी
भक्तपुरका चार स्थानीय तहमा पनि एकीकृत समाजवादी कमजोर छ । तत्कालीन एमालेबाट निर्वाचित स्थानीय
तहका प्रायः जनप्रतिनिधि मूल पार्टीको पक्षमा लागेका हुन् ।

मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ तथा चाँगुनारायण नगरपालिकाका मेयर र उपमेयर क्रमशः सोमप्रसाद मिश्र र विणा बास्तोला
एमाले नेता हुन् । सूर्यविनायकका मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेत पनि एमालेबाट निर्वाचित हुन् । उनीहरूले मूल पार्टीमै
रहेको बताएका छन् ।

बस्नेतले सानैदेखि एमालेबाट राजनीति गरेकाले पार्टीको विचारधारा, सिद्धान्त, मार्गनिर्देशनअनुसार चल्ने न्युज कारखानालाई बताइन् ।
मिश्रले पनि पार्टी विभाजन भए पनि सधैँ पाटीकै मार्गनिर्देशनमा रहने बताए । चाँगुनारायणका नौ वडामध्ये ३, ४, ६ र ८ का
वडाध्यक्ष एमालेका छन्, जो मूल पार्टीमै छन् ।

सूर्यविनायक नगरपालिकामा १० वडा छन् । तीमध्ये तीन कांग्रेस र सात एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । त्यसमा सातै वडाध्यक्षले
ओलीलाई साथ दिएका छन् । मध्यपुर थिमिमा नौवटा वडामा एमालेबाट ५ का अमृतमान श्रेष्ठ मात्र एमालेका हुन् । जिल्ला समन्वय
समिति भक्तपुरका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर पनि एमालेमै छन् । यो खबर नाम्लो खबरबाट यहाँ साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय