शनिबार , बैसाख ८, २०८१

नेकपा एमाले वि भाजन भएसँगै लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एमाले पार्टी छाडेर माधवकुमार नेपाल
नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्धता जनाएकी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत पार्टी विभाजनपछि निर्वाचन आयोगले दल रोज्नका लागि दिएको
समयभित्र उनी नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी हुन् ।

पाल्पा जिल्लाकी घर्ती समानुपातिकतर्फकी सांसद हुन् ।

मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् ।
आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सना’खत भएको हो । आयोगले लुम्बिनी प्रदेशसभा सचिवालयलाई यसबारे पत्राचार गर्ने जनाएको छ ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत स माजवादी रोजेपछि अब
एमाले सांसदको संख्या ३६ कायम भएको छ ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका विष्णु पन्थी भने अझैसम्म आयोग गरेर सना खत गराएका छैनन् ।
उनी एमालेमै रहन्छन् वा नेकपा एकीकृत समाजवादीमा सामेल हुन्छन् भन्ने अझै खुल्न नसकेको एमालेका एक प्रदेशसभा
सदस्यले रातोपाटीलाई बताए । पन्थीसँग यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

लुम्बिनी प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेकोमा अब ६ दलको प्रतिनिधित्व हुने भएको छ ।एमालेबाट विभाजन भई नेकपा
एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाइसकेको छ भने एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ
२२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।

प्रदेशसभा सदस्यसँगै स्थानीय तहका जनप्रतिनिधि पनि कुन दलमा रहने भन्नेबारे छलफल भइरहेको नेकपा एकीकृत समाजवादी
पार्टीका रुपन्देही अध्यक्ष राजु गुरुङले बताए । रातोपाटी डट कम बाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय