बिहिबार , चैत्र १५, २०८०

नेपालका परिवर्तन पक्षधर कम्युनिष्ट पार्टीहरूबीच एकताको विषयमा बहस तीव्र भएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च
अदालतले खारेज गरिदिएपछि दुई किनार भएका नेपाली कम्युनिष्टहरू एउटै मोर्चामा आउने तयारीमा लागेका छन्।

नेकपा एमाले वि’भाजनपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी, पूर्वप्रधानमन्त्री

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, उपेन्द्र यादव
र बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी र मोहन वैद्य किरण नेतृत्वको माओवादी क्रा’न्तिकारीबीच
एकताको बहस शुरु भएको हो।

यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली युवा नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरूको पार्टी सबैभन्दा
ठूलो बन्ने उद्घोष गरेका छन्।बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको
कुराकानीमा चौधरीले अब एकताको विषयमा छलफल शुरु हुने बताएका हुन्।‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी
बन्दैछ, यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ,’ चौधरीले भने।

कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा नेता चौधरीले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन
वैद्यलगायत सबै राजनीतिक दलबीच एकता हुने बताएका हुन्। तर, केपी शर्मा ओली अध्यक्ष हुँदासम्म एमालेसँग एकता र सहकार्य
नहुने चौधरीले बताएका छन्। ‘केपी ओली अध्यक्ष रहँदासम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन,’ उनले भने।
साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय