शुक्रबार , चैत्र १६, २०८०

नेकपा माओवादी केन्द्रले प्रवक्ताको जिम्मेवारीबाट नायायणकाजी श्रेष्ठलाई हटाएर कृष्णबहादुर
महरालाई उक्त जिम्मेवारी दिएको छ ।

प्रवक्ता बस्दिन भनेर नायायाणकाजीले नै प्रस्ताव गरेपछि उनलाई हटाएर पूर्व सभामुख समेत
रहका माओवादी नेता महरालाई प्रचण्डले जिम्मेवारी दिएका हुन् ।

नारायणकाजीले प्रचण्ड सँगको ल’फडाका कारण माओवादी प्रवक्ताको जिम्मेवारी बाट अलग हुने चाहेको चर्चा चलेको छ ।
यस अघि तत्कालिन नेकपामा प्रवक्त हुँदा पनि नारायणकाजी पटक पटक विवादमा तनिएका थिए ।

नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ।यसै गरी अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सङ्गठन
विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

जनार्दन शर्मालाई प्रचण्डले सबैभन्दा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टीमा संगठन विभागलाई सबैभन्दा महत्वपुर्ण विभागका
रुपमा लिने गरिन्छ । पछिल्लो समय जनार्दनै प्रचण्डको सबैभन्दा विश्वासिला पात्रका रुपमा अगाडी बढिरेहेका छन् ।
प्रचण्डले जनार्दनलाईनै आफ्नो उत्तराधीकारीको रुपमा अगाडी बढाउन खोजेको देखिन्छ ।

यस्तै नारायण शर्मालाई प्राध्यापक सम्बद्ध सङ्गठनहरूको इन्चार्ज बनाइएको छ भने केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन बनेका छन्।
साभार otv nepal डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय