शनिबार , बैसाख ८, २०८१

राजनिति,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेता बन्न रहर लागेर माधवकुमार
नेपालले नयाँ पार्टी खोलेको आ’रोप लगाएका छन्।

शनिबार युवा संघद्वारा आयोजित ‘वमेन सेल्फ डिफेन्स ट्रेनिङ’ कार्यक्रममा बोल्दै एमाले नेता बस्नेतले पूर्व एमालेका बरिष्ठ

नेता नेपालको चर्को आलो’चना गर्दै नयाँ पार्टी खोलेर नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवाको
टाँगमुनि छिरेको आरो’प लगाए ।

‘हिजो राजालाई दाम चढाएर पार्टी बुझाए’, नेपाललाई लक्षित गर्दै बस्नेतले थपे, ‘आज प्रचण्ड र देउवालाई दाम
चढाएर यो पार्टी बुझाउन खोज्दैछन।’

यस्तै बस्नेतले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघमा आबद्ध भयो भने पाँच लाख साथी थपिने दाबी गर्दै भने, ;तपाईंले फेसबुकमा
कुनै स्टाटस हाल्नुभयो भने दश बीस लाइक होइन, दुई चार सय लाइक हाइहाल्छ । किनभने तपाईं युवासंघको सदस्य हुनुभयो।’

यसैगरी बस्नेतले युवासंघमा आबद्ध हुन सबैमा आग्रह गर्दै भने, यदी तपाईले टिकटक बनाउनुभयो भने पहिलाको जस्तो दुई तीन
सय भ्युअर्स होइन, अब चालिस पचास हजार भ्युअर्स भइहाल्छ। तपाईं त्यति लोकप्रिय संगठनमा आबद्ध हुनुभयो।’
अनलाइन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय