बिहिबार , बैसाख १३, २०८१

इटहरीका मेयर द्वारिकालाल चौधरीले एक स्थानीय युवालाई नगरपालिका भित्रको एउटा कोठामा अढाइ घन्टा थुनेका छन् ।

इटहरी– ४ का यामप्रसाद ढकाललाई मेयर चौधरीले बोलाएर नगरपालिकाको कोठा भित्र थु’नेका हुन् । ढकाललाई उनले
नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थु’नेका हुन् ।

ढकालका अनुसार आज बिहान ११ बजेतिर नगरप्रहरी उनको घरमै पुगेका थिए । तर उनी घरमा थिएनन् । त्यसपछि
उनलाई प्र’हरीले फोन गरेर तुरुन्तै इटहरी आएर मेयरलाई भेट्न उ’र्दी गरेको बताइएको छ । ।

त्यसपछि ढकाल घर आए र आफ्ना एक आफन्तलाई लिएर इटहरीस्थित उपमहानग रपालिकाको कार्यालयमा पुगेका थिए ।
त्यहाँ पुगेर मेयरलाई भेट्नासाथ उनी आफूसित जं’गिएको ढकालको भनाइ छ ।

ढकालका अनुसार उनको दुई तल्ले घर ऐलानी र नम्बरी जग्गामा बनेको छ । नगरपालिकाबाट सिफारिस लिएर करिब
१२ वर्षअघि बनाएको घरको लालपुर्जा आफूसँग नभएको र यसका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

ढकालले घर नभ’त्काउने अडान लिएपछि मेयर चौधरीले आ’क्रोशित हुँदै उनलाई अर्को कोठामा लगेर थुनि’दिन प्रह’रीलाई
आदेश दिएका थिए । मेयर चौधरी समयसमयमा चर्चा र विवा’दमा आइरहने पात्र हुन् ।

साभार लोकपाथ डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय