बिहिबार , बैसाख ६, २०८१

राजनिति,

राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गठ’बन्धन दलका राजनीतिक सं’यन्त्रले चलाउन
खोजेको भन्दै ग’म्भीर आ’पत्ति प्र’कट गरेकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री संयन्त्र’प्रति होइन संस’दीय पद्ध’तिप्रति जिम्मेवार हुनुपर्ने
बताएकी हुन् ।

‘मैले पढेको, बुझेको र हुनुपर्ने प्रधानमन्त्री संसदीय पद्धतिप्रति जिम्मेवार हुन्छन् । हुन त यो सरकार अप्ठ्यारोमा आएको छ ।
भन्नलाई त यो कांग्रेसले नेतृत्व गरेको तर, गठब’न्धनको सरकार हो ।

अर्काेत’र्फबाट स्वतन्त्र सांसदहरुले भोट दिएर निर्दलीय सरकार पनि हो,’ उनले भनिन्, ‘हल्ला चलिरहेको छ । हल्ला के छ भने
गठ’न्धनले समानान्तर राजनीतिक संय’न्त्र बनाउँदै छ । यसले प्रधानमन्त्रीलाई निर्देश गर्छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री कोप्रति जिम्मेवार हुने ? प्रधानमन्त्री छान्ने संसदले, अनि संयन्त्रले हात-खुट्टा बाँध्ने ? संविधानले चिन्छ
गठ’बन्धनको राजनीतिक संयन्त्रलाई ?’

उनले गठब’न्धनको संयन्त्र बनाएर हाँस्यास्पद काम किन गरिएको भन्दै प्रश्न पनि गरिन् । सरकार प्रधानमन्त्रीले चलाउनुपर्ने भन्दै
संयन्त्रले चलाउन खोजिनु निर्लज्जता भएको उनको भनाइ छ । ‘हाँस्यास्पद, किन गरिँदै छ ?

सरकार प्रधानमन्त्रीले चलाउने हो, संयन्त्रले सरकार चलाउने हैन । प्रधानमन्त्रीको हात-खुट्टा बाँध्नु निर्लज्जता पनि हो’ उनले भनिन्,
‘म प्रधानमन्त्रीलाई भन्छु हात-खुट्टा बाँधेर नबस्नुस् । यति कमजोर किन हुनुपर्याे शेरबहादुर देउवा ?’

यो खबर इकागज डटकममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय