काठमाडौं, २४ साउन ।
जनता समाजवादी पार्टी, नेपालका युवा नेता केशव झाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका
कारण मुलुकमा राजनीतिक अ’स्थिरता निम्तिएको आरो’प लगाएका छन् ।
हिजो (शनिबार) जसपा महन्थ पक्षले झापामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन् ।
उनले भने,‘प्रचण्डकै कारण मुलुकमा राजनी’तिक अ’स्थिरता निम्तियो, यो दुःखद् कुरा हो ।
झाले एकल जातीय राज्यको चरित्र परिवर्तन नभएसम्म आमनागरिकले परिवर्तनको अनुभूति गर्न नसक्ने पनि टि’प्पणी गरे ।
उनले मधेशी, दलित, ज’नजाति लगायतका सीमान्तकृ’त वर्गको अधिकार सुनिश्चितको लागि आफ्नो पार्टीले सधैं अग्रभा’गमा रहेर आवाज उठाएको स्मरण गर्दै संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।रिपोटर्स नेपालबाट साभार