बिहिबार , बैसाख १३, २०८१

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै को’रोना म’हामारी चाँडो नियन्त्रण हुने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले को’रोना स’ङ्क्रमण रोक्नका लागि
अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने
लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा पनि को’रोना म’हामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक,
सामाजिक संघसंस्था सबैसँग स्वास्थ्यका मापद’ण्ड पालना गर्न र भीडभा’ड हुने गतिविधि नगर्न आग्रह गर्नुभयो ।

महामा’री नियन्त्रणको प्रभावकारी उपाय खो’प भएको र अहिले खोप अभियान चलिरहेको भन्दै उहाँले खोप लगाउन
जाँदा पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म महा’मारी नियन्त्रण र रोकथा’ममा मेरो प्रति’बद्धता, मास्क लगाउनु नै आजको
आवश्यकता भन्ने मूलनाराका साथ मास्क अभियान शुरु गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनस्वास्थ्यमा माप’दण्ड उल्लघं’न भएको र मास्क लगाउन पनि
लाप’रबाही गरेकाले स्वास्थ्यको माप’दण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरेको बताउनुभयो ।

एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ । यो खबर उज्यालो अनलाइन डटकमबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय