बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती पोस्ट,

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले शरणार्थी नागरिकका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् ।

उपाधिको छिनोफानो भएसँगै हिजाे भएको कार्यक्रममा उनले आफूले जितेको रकमबाट शरणार्थीका
लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले श’रणार्थी जीवन बिताउँदा पाएको दु:ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै
एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले
शरणा’र्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

उनले बिरा’मी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बा’ध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् ।
विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु नै ।

जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि जितेकाे पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा
बाँकी रहे को’रोना वि’रुद्धको खो’प लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो ।
उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्।

किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् । अमेरिका बस्दै
आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् । यो खबर उज्यालो अनलाइन डटकमबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय