मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनीति

धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाले नेपाललाई उपलव्ध गराएको कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको निधन भएको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोनसेन खोप लगाएका एक महिलाको निधन भएको हो । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती महिलाको केही समयपछि मृत्यु भएको हो ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ ।’

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ ।

एकपटक लगाए पुग्ने जोनसन खोपको १५ लाख भन्दा बढी मात्रा केहीदिन अघि अमेरिकाले नेपाललाई कोभयाक्स सुविधा अन्तरगत दिएको हो । यो खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुने बताइन्छ । जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय