मंगलबार , चैत्र ६, २०८०

काठमाडौं।

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आज सिंगो देशमा, नेपालको कम्युनिष्ट आन्दोलनमा र नेकपा एमालेभित्र जे÷जस्ता घट्ना र परिदृश्यहरु देखिए, जनताको मतको अन्तिम उल्लंघनकर्ता, आह्वानकर्ता र सूर्यबाट मत लिएर रुखलाई चाहीँ सघाउने, पार्टीविरोधी जुन काम भयो, त्यसको सम्पूर्ण अगुवाई र नेतृत्वकर्ता माधव नेपाल हुनुहुन्छ ।

उहाँले नेतृत्व गरेको एउटा सानो विरोधी झुण्ड छ भन्ने कुरा सबैलाई थाहा छ, त्यसो भएको हुनाले उहाँले जनताको मन मनबाट, कार्यकर्ताको मन मनबाट उहाँ आँफै हिजो त्यत्रो समय पार्टीको नेतृत्व गरेको नेताले आज व्यक्तिगत राजनीतिक ईस्यु र एजेण्डा सकिएपछि व्यक्तिमा कुण्ठाको स्तर कुन तहले विकसित हुँदो रहेछ, त्यो बदला भावमा कसरी प्रकट हुँदो रहेछ भन्ने कुराको एउटा नमूना उहाँले देखाउनुभयो ।

त्यसकारणले गर्दा लामो समयदेखि पार्टीमा क्रियाशिल, नयाँ पुस्ताका अगुवा साथीहरु, तन्नेहरु, र नेपालको राजनीतिलाई नजिकबाट नियाँल्दै गरेको हाम्रो पुस्ता, ती सबैले आजको विज्ञान, प्रविधिको युगमा सबैले हेरेको छ । उहाँ अब एमालेको सम्मानजनक स्थानबाट स्खलित भैसक्नुभएको छ । उहाँलाई जनताको तहबाट कारबाही भैसकेको छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले आज बस्ने केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहितका नेताहरुलाई कारबाही गर्नेबारे एउटा निर्णय लिने जनाए । उनले अब नेकपा एमाले र माधव कुमार नेपाललाई सँगै हिँड्न र हिँडाउन नसकिने पनि जिकिर गरे ।

उनले अब माधव नेपाल र एमालेलाई सँगै जिताउन पनि नसकिने जिकिर गरे । उनले भने,‘किनभने एमालेलाई जिताउँदा माधव नेपाल हार्नुहुन्छ, माधव नेपाललाई जिताउँदा एमाले हार्छ ।

अब उहाँको हकमा अब पर्खिने सम्पूर्ण सिमारेखाहरु समाप्त भए । कसैलाई चित्त दुख्ला, उहाँको पछि पनि लाग्लान्, त्यसमा हामीलाई आपत्ति पनि भएन् ।’

उनले हरेक वर्गीय खलनायकहरुलाई सम्मान गरिने गरेको टिप्पणी गरेका छन । उनले भने,‘हरेक खलनायकहरुलाई यसैगरि सम्मान गरिन्छ, जसरी गोर्बाचोभलाई पश्चिमाहरु र पुँजीवाद वर्गहरुले सोभियत युनियन पतन गराईदिएपछि नोबेल शान्ति पुरस्कार दिएका थिए ।

ठीक छ, माधव नेपाललाई नोबेल शान्ति पुरस्कार दिउन्, यसमा हाम्रो कुनै आपत्ति छैन् । हामी त खुशी हौंला, एक जना नेपालीले नोबेल शान्ति पुरस्कार पाए भनेर । आन्दोलनलाई अपाङ बनाएपछि, यो आन्दोलनका विरोधीहरुले जयजयकार गर्ने कुरा साधारण कुरा हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय