बुधबार , बैसाख १२, २०८१

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन्। नेता खनालले आइतबार देउवलाई विश्वासको मत दिन एमाले सांसदलाई आह्वान गरेका हुन्।

भारतमा उपचाररत खनालले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै देउवलाई मत दिन आह्वान गरेका हुन्। ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु, उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने बताए । ‘यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरुको समेत साझा सरकार बन्नुपर्छ’ उनले भनेका छन् । सरकारले विश्वासको मत नपाए मुलुक फेरि संकटमा पर्ने पनि खनालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय