शुक्रबार , चैत्र १६, २०८०

नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छ ।

भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए ।

माधव नेपालसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनेत खेर गयो ।’

कार्यदलमा रहेका नेताहरुले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले असार २७ गते पार्टी एकताका लागि १० बुँदे सहमति गरेको थियो ।

यस्तो छ संसद्‍को अंकगणित

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत दिँदैछन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेको संसद सचिवालयले जनाएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिन लागेका हुन्।

दोस्रो पटक संसद् पुनर्स्थापनापछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । पहिलो बैठकले शोक प्रस्ताव पारित गर्नेछ । दोस्रो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र स्वतन्त्र सांसदले साथ दिने देखिएको छ । एमालेको नेपाल समूहको साथ पाएमा देउवाले विश्वासको मत पाउने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय