मंगलबार , बैसाख ४, २०८१

धनगढी ।

बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चो’रीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक प’क्रा’उ परेका छन् ।

बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई प’क्रा’उ गरिएको प्रहरीले जनाएको छ ।

दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चो’री गरेको अ’भि’यो’ग लागेपछि शुुक्रबार उनीहरुलाई प’क्रा’उ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

उनीहरुवि’रु’द्ध अपराधिक लाभ र विश्वास घा’त’सम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिएको डीएसपी खड्काले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकबाट झिकेर वडा सचिव महतोको कोठामा राखेको अवस्थामा रकम चो’री गरिएको भन्दै वडा नम्बर ११ का अध्यक्ष रामबहादुर बोहराले जाहेरी दिएका थिए ।

उक्त रकम असार २९ गते महतोको कोठाबाट हराएको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय