काठमाडौ ।

“देउवा दाई बालुवाटार नसरे कै भए हुन्थ्यो, अब केही हप्तामा गुण्टा लिएर निस्किनुपर्ने” निश्चित छ ।

चिया पसलमा बसेकाहरुलेपनि यो बहस गर्न थाले । राजनीतिक कुरा चल्यो कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परमादेशमा बनेको सरकारको आयु कति ?

यही प्रश्न अहिले चर्को बनेको छ । जो कोहीले सहजै भविष्यवाणी गरिनै रहेका छन् ।

अब ३० दिन मन्त्री नथपेर, सरकारी निवास नसरेर पर्ख र हेर मा बसिदिएको भए हुन्थ्यो भन्ने धेरै छन् ।

समान्य सचेतना भएका नागरिकले समेत यसै भनिरहेका छन् । यसको कारण अब तल्लो तहसम्म पुगेको छ । किनकी आजदेखि नै देउवा नेतृत्वको सरकारका लागि मुस्किलको दिन बनिसकेको छ ।

नेकपा एमालेले अदालतको फैसलापछि पार्टीको संस्थागत निर्णयका आधारमा अघि बढ्ने सहमतिलाई आजै पारित गरेको छ ।

लगत्तै देउवालाई विश्वासको मत नदिने निर्णय लिएको छ । अब यो निर्णय मान्न माधव समूह बाध्य हुनेछ ।

नमाने एमाले अध्यक्ष केपी शर्मा ओली समूहले उनी सहित केही नेतालाई कारबाही अघि बढाउने भएका छन् ।

माधव नेपालले अब एमालेमा रहन नसक्ने संकेत देखाई सकेपछि अब वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई पार्टीबाट नै अलग गराउनेगरी कारबाही गर्ने तयारी ओली समूहको छ ।

देउवालाई विश्वासको मत पुर्याउनका लागि नेपाल समूहले सांसद पदबाट राजिनामासम्म दिनसक्ने देखिएपछि ओलीले कारबाही नै गरेर हटाउन लागेका हुन् ।

कारबाही गरेको खण्डमा सांसदको गणपुरक संख्या गनिन्छ मतभार भने घट्छ ।

आखिर कि देउवालाई मत, कि राजिनामा दिएर मतभार कम गर्ने खेलमा रहेकाले माधव समूहलाई कारबाही गरेर देउवालाई मत नै नपुग्ने बनाउँने ओली समूहको रणनीति रहेको छ ।

नेपालको प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हो । बहुमत भनेको यसको आधा हुनुपर्छ ।

तर प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार सांसद निलम्बनमा छन् ।

उनीहरु कोही भ्रष्ट्राचार त कोही ज्यान मुद्धामा रहेकाले उनीहरुको पद नै बर्खास्त भएको हो । यसैले उनीहरुको संख्या नै घट्छ ।

त्यसैले संसद्मा अहिले तत्काल कायम रहेको सांसद संख्या दुई सय ७१ छ । माओवादीबाट निर्वाचित तर एमाले प्रवेशपछि थप चार सांसद निलम्बित भए पनि तत्काल कायम रहेको संख्यामा उनीहरूको पनि गणना हुन्छ । तर मतदान गर्न पाउँदैनन् ।

यसैले अहिले माधव समूहकालाई निलम्बन गरेपनि तत्काल कायम रहेको संख्यामा कुनै फरक पर्दैन । देउवालाई दिनसक्ने मत घट्छ ।

तर राजिनामा दिएमा बर्खास्त बराबर भएकाले तत्काल कायम रहेको संख्या घट्छ । माधब समूहका २३ जनाले राजिनामा दिएमा तत्काल कायम रहेका सदस्यको संख्या दुई सय ४८ मात्र हुनेछ ।

विश्वासको मत साबित गर्न एक सय २५ सांसद आवश्यक पर्नेछन् । यस्तो अवस्थामा कांग्रेस, माओवादी र जसपाको अंकगणितले देउवाले विश्वासको मत लिन सक्छन् । यसैले एमालेले कारबाही गरेर देउवाले मात्र हैन ।

कसैलेपनि विश्वासको मत पाउन नसक्ने अवस्था बनाउँदैछ । यसरी कारबाही गरेको वैध भएमा यो संसदले कसैको नाममापनि सरकार बनाउँन सक्दैन ।

यही पूरा गर्न स्थायी कमिटीको बैठकले सहमति पारित गर्दै देउवालाई मत नदिने निर्णय गर्यो ।

त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बलायो । अब यहाँबाट कारबाहीको शिलशिला अघि बढ्ने पक्का छ । यसैले एमाले नेता महेश बस्नेत भन्छन् देउवा दाई बालुवाटार नसरे कै भए हुन्थ्यो, अब केही हप्तामा गुण्टा लिएर निस्किनुपर्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय