बुधबार , बैसाख १२, २०८१

काठमाडौ ।

पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैलाई आफूलाई थुन्न मन लागेको छ भने लगेर थुनिदिए भैगो नि भन्दै प्रतिक्रिया जनाएका छन् ।

जातीय छुवाछुतको विषयमा उनीविरूद्धको जाहेरी लिन सर्वोच्च अदालतले प्रहरीलाई दिएको आदेशबारे बोल्दै उनले भने मलाई यो विषयमा कुनै चासो छैन मलाई थुन्न मन लागेको छ भने लगेर थुनिदिए भैगो नि ।

सञ्चारकर्मी रूपा सुनारले जातको आधारमा आफूलाई कोठा दिन इन्कार गर्ने घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकीमा गएको र आफूले उनीविरूद्ध जाहेरी दिँदा प्रहरीले लिन नमानेको भन्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले बिहीबार सुनारले दिएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठविरूद्धको जाहेरी दर्ता गर्न आदेश दिएको छ ।

यसले अब श्रेष्ठलाई मुल्य चुकाउनुपर्ने हुनसक्छ ।

‘निवेदिकाले सरस्वती श्रेष्ठविरूद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको,’ आदेशमा भनिएको छ ।

‘र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू आदेशमा भनिएको छ ।

श्रेष्ठले भने आफूले अहिलेसम्म जातीय छुवाछुतविरूद्ध लडेको दाबी गरे।

‘जिन्दगीभर दलित र छुवाछुतविरूद्ध आन्दोलन गर्दागर्दा आज यो उमेर भइसक्यो,’ उनले भने,‘किन त्यस्तो खालको गर्छन् त्यो पनि बुझ्दिनँ। ती मान्छे पनि चिन्दिनँ। म कसैलाई अन्याय भएको हेर्न सक्दिनँ।

जसलाई अन्याय हुन्छ त्यसलाई माया गर्ने मेरो क्यारेक्टर हो। यत्ति हो।’ सञ्चारकर्मी सुनार काठमाडौको बबरमहलस्थित प्रधानको घरमा डेरा लिन जाँदा पहिले दिइएको तर जात थाहा पाएपनि नदिएको अभियोग छ ।

यो नेपालमा निक्कै चर्चाको विषय बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय