बिहिबार , चैत्र १५, २०८०

Nepali Rajneeti

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक भइरहेको स्थलमा पुगेका छन्।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका हुन्।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका छन्।

उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।

‘तपाईंहरू बैठकमा सहभागी हुन आउनुभएको हो?’ भन्ने प्रश्नमा उपाध्यक्ष रावलले भने,‘होइन, बैठक रोकौं भनेर आएका हौं।’

बैठकस्थलमा पुगेका नेताहरूमध्ये भीम आचार्यबाहेक सबै पार्टी विवाद समाधान कार्यदलका सदस्य हुन्।

कार्यदलमा सदस्य रहेका रघुजी पन्त भने बैठक स्थलमा गएका छैनन्।

यसअघि बैठक सुरू गर्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलामा असन्तोष पोखेका थिए।

उनले न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय