बिहिबार , साउन २६, २०७९

काठमाडौं

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको केही दिनमै कित्ताकाट हुने भएको छ ।

एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने टुंगोमा पुगेका छन् ।

गौतमनिकट स्रोतका अनुसार उनले वृहत कम्युनिस्ट एकताको मार्ग नछाडी माधवकुमार नेपालसँग सहकार्य गरेर बढ्ने भएका हुन् ।

उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाए देउवा सरकारमा सहभागी हुने तयारीमा समेत गौतम रहेका छन् ।

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम एउटै ठाउँमा उभिएर सकभर एमालेमा संघर्ष गर्ने नभए नयाँ दल दर्ता गरी अगाडि बढ्नेबारे समेत छलफल बढाएका छन् ।

वृहत्त कम्युनिस्ट एकताका नाममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सहकार्य गरेर बढ्ने रणनीतिका साथ गौतम देखिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपालको शक्ति संघर्ष हुँदा गौतम तटस्थ भूमिकामा रहेपनि ओलीको विपक्षमा थिए ।

उनले ओलीले गरेका निर्णयको खुलेर आलोचना गर्नुका साथै डाकेको बैठकहरु बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय