शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं।

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरुले कुनैपनि हालतमा विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।

उनले भने,‘शेरबहादुर देउवालाई विश्वासको मत दिनको लागि हामी के बौलाएका छौं र ?’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरुको माग र मुद्दा सम्बोधन गर्नको लागि कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कुनै पहल नगरेको गुनासो पोखे ।

उनले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्च अदालतले दिएको परमादेशलाई पनि असंवैधानिकको संज्ञा दिए ।

उनले भने,‘यो फैसला संविधान टार्गेटेड छैन् । यो एउटा पक्ष टार्गेटेड हो । यो व्यक्ति टार्गेटेड हो । यो एउटा पक्षको लक्ष्यलाई मलजल गर्ने फैसला भयो ।’ उनले अदालतको फैसला संविधानसम्म्त नभएपनि उक्त फैसलालाई मान्ने स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओाली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवादसमेत दिए ।

उनले भने,‘उहाँहरुले फैसला स्विकार गर्नुभयो, र देशलाई द्वन्द्वबाट बचाउनुभयो ।’ उनले प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद विस्तार गर्न चूनौति रहेको पनि सुनाए । उनले भने,‘विपक्षी धेरै मजबुद छ । जथाभावी हिँड्न गाह«ो छ । यो सरकारसामू धेरै चूनौति र अवसर पनि छन् ।’

उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने कुरा व्यक्तिगत राय भएको सुनाए । तर, यसबारेमा भोलि बस्ने पार्टीको बैठकले आवश्यक निर्णय लिने पनि कर्णले जानकारी दिए । उनले आफूहरुको अहिलेपनि संविधान संशोधनलगायत महत्वपूर्ण मुद्दा बाँकी नै रहेकोले माग पूरा गराउन लागिपर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय