बिहिबार , बैसाख १३, २०८१

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

हिजो नेता नेपालको निवासमा पुगेरै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको स्रोतको दाबी छ । तर, नेता नेपालले अहिले सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए ।

आफूहरु एमाले एकताको लागि प्रयासरत रहेकोले तत्काल सरकारमा सहभागी हुने कुरा सम्भव नभएको नेता नेपालको भनाई थियो ।

माधव नेपाल पक्षधर सांसदहरुकै कारण देउवा प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् । नेता नेपालले विश्वासको मत भने दिने वचन दिएका छन् ।

नेपाल पक्षधर २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउनको लागि सर्वोच्चको रिट निवेदनमा हस्ताक्षर गरेका थिए ।

नेता नेपाल पक्षले आफूलाई विश्वासको मत दिए देउवाले सम्मानजनक रुपमा उक्त पक्षलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । देउवानिकट उच्च स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय