शुक्रबार , चैत्र १६, २०८०

असार ।

नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो ।

ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका छन् ।

बामदेव गौतमलाई पनि समेटेर नयाँ पार्टी गठनको पहल अगाडि बढेको छ ।

माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्यलगायत पनि एमालेमा नअटाउने भएको बुझिएको छ ।

योगेश भट्टराई भने ओलीसँगै रहने सम्भावना छ । तर, उनी दोधारमा रहेको बुझिएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका २३ जना सांसदमाथि ओलीले कारबाहीको तयारी समेत गरेका छन् ।

कारबाही प्रक्रिया बढाएसँगै एमाले विधिवत् रुपमा फुट्ने अवस्था विकास भएको हो ।

आफ्नाे सरकार ढलाउनमा मुख्य भुमिका खेल्ने भीम रावलले केपी ओलीलाई दिए यस्ताे चेतावनी (भिडिओसहित)

आलमको मुद्दामा के गर्लान देउवा

देउवा प्रम भएपछि विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा

देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय