बुधबार , बैसाख १२, २०८१

धनगढीस्थित एक होटेलमा बिहीबार साँझ विष्फोट हुँदा होटेल सञ्‍चालकसहित ६ जना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका-४ चटकपुर सहिदगेट नजिकै रहेको निलम होटलमा बिहीबार बेलुकी ७ बजेतिर विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए।

घाइतेहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए। उनीहरूको पहिचान भने खुलेको छैन। विष्फोट भएको वस्तु के हो भन्‍ने खुल्न नसकेको गिरीले बताए। एकाएक विष्फोट भएपछि त्यसवरपरको वातावरण त्रासदीपूर्ण छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय