मंगलबार , चैत्र ६, २०८०

ओखलढुंगा, असार २८ । पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका–७, पात्ले, तालकोटमा शनिबार पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए ।

यस्तै, सिद्धिचरण नगरपालिका–६, जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् ।

जिल्लामा बाढी–पहिरोबाट हालसम्म पाँचजनाको ज्यान गएको छ ।

बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका–४, चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय