शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए ।

गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने, ‘धेरै मनिसहरुले बामदेव केपीतिर गयो भने । यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’

याे पनि पढ्नुहाेस

सर्वोच्चको निर्णयपछि एमाले एकता हुन्छ: गौतम

गाई का’टे’र भाग लगाउँदै गरेका तीन जना प’क्रा’उ

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठाबाट शासन चलिराछ : पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि पार्टी एकढिक्का हुने बताएका छन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले त्यसअघि नै सहमति जुटाउन सके अझ राम्रो हुने बताए ।

‘नेकपा एमालेभित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईवटा समूहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो । मैले भनेको थिएँ त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर’ उनले भने, ‘मेरो भनाई लागू नहोस्, भरेसम्म खुसीको त्यो खबर आओस् भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’

नेता गौतमले आफ्नो पार्टीभित्रको विवादलाई ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरे । ‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।

तथापि, एकपछि अर्को अराजनीतिक क्रियाकलाप, संविधान र ऐन नियमहरु कुल्चिने काम भएकाले शिर निहुर्‍याउनुपर्ने अवस्था आएको पनि उनले बताए ।

पार्टी विवाद समाधानका लागि आफूले भूमिका निर्वाह गर्न नसकेको गौतमले बताए ।

याे पनि पढ्नुहाेस

महोत्तरीमा एक महिनादेखि बेपत्ता महिलाको श’व खाल्डोमा गाडिएको अवस्थामा फेला

गोपालमान श्रेष्ठले काँग्रेस सभापतिको दाबी गर्दै भनेः शेरबहादुरजीले पनि सघाउनुहुन्छ

गोपालमान श्रेष्ठले काँग्रेस सभापतिको दाबी गर्दै भनेः शेरबहादुरजीले पनि सघाउनुहुन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय