मंगलबार , बैसाख ४, २०८१

नेपाली राजनिति

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको एकता सर्वोच्चको निर्णय आएपछि हुने बताएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा उनले आफूले केही समय अघि सर्वोच्चको निर्णय आएपछि ‘खुसीको खबर आउने’ बताएको समेत उल्लेख गरेका छन्।

‘आज बिहान ८ बजेसम्म एकता हुने र खुसीको खबर आउने भन्ने थियो। तर मैले अलिक धेरै पहिले भनेको थिएँ, त्यो खुसीको खबर सर्वोच्चको निर्णय आएपछि हुन्छ’, गौतमले भने।

उनले आज बेलुकासम्म त्यस्तो खुसीको खबर आओस् भन्ने चाहना आफ्नो रहेको समेत बताए। साथै सर्वोच्चको निर्णयपछि एकता हुने दोहोर्‍यए।

‘सर्वोच्चको निर्णयपछि फेरि पनि एकता हुन्छ। एकीकृत पार्टीको जिम्मेवारी निर्वाह गर्नेछौँ’, गौतमले भने।

याे पनि पढ्नुहाेस

गाई का’टे’र भाग लगाउँदै गरेका तीन जना प’क्रा’उ

मुख्यमन्त्री कहाँ छन् थाहा छैन, अँध्यारो कोठाबाट शासन चलिराछ : पृथ्वीसुब्बा गुरुङ

महोत्तरीमा एक महिनादेखि बेपत्ता महिलाको श’व खाल्डोमा गाडिएको अवस्थामा फेला

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय