मंगलबार , बैसाख ११, २०८१

काठमाडौं

नेपाली काँग्रेसको अबको नेतृत्वमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवानिकट श्रेष्ठले आफू पुरानो र मध्यमार्गी उम्मेदवार भएकोले सबैले स्वीकार्ने खालको हुने बताए । देउवाले पनि आफूलाई साथ दिने उनको दाबी थियो ।

‘शेरबहादुरजीलाई मैंले अहिलेसम्म सघाएँ, अब उहाँले मलाई सघाउनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनमा भने । उनले आफू यसपटक सभापतिको उम्मेदवार बन्ने र त्यसपछि विमलेन्द्र निधि आफूहरुको समूहबाट सभापतिको उम्मेदवार बन्ने बताए ।

देउवाले छाड्ने स्थिति आएमा आफूलाई सभापतिका लागि सघाउने वचन समेत दिएको बताए ।

याे पनि

माधव नेपाल जनै खटिराले सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो ।

एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना कमजोर भएको हो ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् ।

२८ असारमा सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटन अगावै एमालेभित्र सहमतिको प्रयास भइरहेको छ ।

माधव नेपालले अध्यक्ष पद मागे

नेपालमा सुरुङमार्ग : नागढुङ्गाको गौरव गर्न लायक प्रगति, ​अन्य कहाँ–कहाँ बनाइँदै छ सुरुङमार्ग ?

माधव नेपाल जनै खटिराले सिकिस्त, आज ओलीसँगको सहमति टुंगोमा नपुग्ने

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको महासङ्घद्वारा स्वागत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय