मंगलबार , बैसाख ११, २०८१

काठमाडौं।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेका छन् ।

उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाएका हुन् । नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल थपिएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहेका छन् ।

ओली-नेपाल सहमतिको सम्भावना कमजोर, दुवैको आफ्नै दाउ

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना कमजोर भएको छ । नेपालले अध्यक्ष पद मागेपछि सहमतिको सम्भावना कमजोर भएको हो ।

अध्यक्ष ओलीलाई नेपालले प्याकेजमा सहमतिको प्रस्ताव गरेको बुझिएको छ । जस अनुसार नेपालले अध्यक्ष पद पाउनुपर्ने, पार्टी संस्थागत रुपमा चल्नुपर्ने, विगतका कमी कमजोरीमा आत्मालोचना गर्नुपर्ने विषय उल्लेख थिए ।

विश्वस्त स्रोतका अनुसार नेपालको कतिपय मागप्रति ओली असन्तुष्ट भएका छन् । उनी दोस्रो अध्यक्ष दिन तयार देखिएका छैनन् ।

एमालेभित्रको एकता कायम गर्न गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको छ । हिजो उत्साही देखिएको कार्यदलको टोली आज विहान निराश भएका छन् ।

यसैगरी, नेता नेपाल विरामी भई घरमा आराम गरिरहेका छन् । उनले कम भेटघाट गरी आराम गरेका छन् ।

ओली २३ सांसदको शेरबहादुर देउवालाई समर्थनको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गराउन लागेका छन् । उनले माधव पक्षको प्रस्ताव फिर्ता गराएर २८ असारमा हुनलागेको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हुने सुनुवाईलाई प्रभावित पार्न खोेजेको विश्लेषणहरु भइरहेका छन् । २३ सांसदका कारण नेपाल पनि अहिले राजनीतिको निर्णायक शक्ति बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय