बिहिबार , बैसाख १३, २०८१

एजेन्सी

एक मानिसले औसत ५ हजारसम्म अनुहार सम्झन सक्दो रहेछ । बेलायतको योर्क विश्वविद्यालयका शोधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कति जनासम्मको अनुहार सम्झन सक्छ भन्ने पत्ता लगाएका हुन् ।

उनीहरूको शोधमा सञ्चार माध्यममा देखेका र व्यक्तिगत जीवनमा देखेका अनुहार सामेल गरेका थिए ।

‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बी’ पत्रिकामा प्रकाशित शोधपत्र अनुसार एउटा आधार प्रस्ताव गरियो जसमा मानिसको अनुहारको तुलना अनुहार चिन्ने सफ्टवेयरबाट गरियो ।

यस्तो प्रविधिको प्रयोग एयरपोर्ट वा प्रहरी चेकजाँचमा गरिन्छ । योर्क विश्वविद्यालयका रोव जेनकिन्स भन्छन्, ‘हाम्रो अध्ययन के कुरामा केन्द्रित थियो भने मानिसले साँच्चै कत्तिको अनुहार चिन्छ ? तर हामीले मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं ।’

शोधमा मानिसलाई एक घण्टामा ती मानिसको नाम लेख्न भनियो, जो उनीहरूको जीवनसँग जोडिएका छन् । यसमा विद्यालय, कलेज र परिवारजनसमेत पर्छन् ।

त्यसपछि उनीहरूलाई मसहुर हस्तीहरूको नाम लेख्न भनियो जो नेता, अभिनेता वा प्रसिद्ध व्यक्ति छन् । यस क्रममा सहभागीलाई पहिले त निकै मानिसको नाम आयो तर पछि अनुहार सम्झन निकै मुस्किल हुन थाल्यो । यसको परिणाम मानिसले एक हजारदेखि १० हजारका बीचमा अनुहार चिन्न सक्छन् भन्ने पुष्टि भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय