शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

एमालेभित्र आजै सहमति हुने चर्चा चलिरहेको बेला प्रचण्ड माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको हालै भएको भेटवार्तापछि एमाले कार्यदलले सहमतिको खाका तयार पारेको छ ।

उक्त खाकालाई आजै सहमतिको अन्तिम रुप दिने बताईएको छ । तर, नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने अडान लिएका छन् । र, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने खालको सहमति आफूले नगर्ने बताउँदै आएका छन् ।

तर, पछिल्लो समय नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा पनि सहभागी हुन छाडेका छन् । गठबन्धनलाई कहिल्यैपनि धोका नदिने बताउँदै आएका नेता नेपालले ओलीसँग सम्झौता गरेपछि विपक्षी गठबन्धन तुहिने हो कि भन्ने चर्चा पनि चलिरहेको छ। यही सन्दर्भमा दाहालले आज नेपालाई भेटेका हुन् ।

उनीहरुबीच के के विषयमा कुराकानी भयो ? त्यो खुलाईएको छैन् । प्रचण्डले नेपाललाई भेट्दाखेरि एमालेको कार्यदलको बैठक सुरु नै भएको थिएन । अहिले भने कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय