शनिबार , बैसाख ८, २०८१

काठमाडौं

नेकपा (एमाले) का नेता प्रभु साहले आफूहरु माओवाद परित्याग गरेर एमालेमा नमिलेको स्पष्ट पारेका छन् ।

आज अपरान्ह प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफुहरु राजनीतिक विचारको आधारमा अघि बढेको स्पष्ट पारे ।

उनले आफूहरु माओवादी लिगेसीको आधारमा अघि बढिरहेको जनाए । उनले भने,‘अहिले एमाले भनेको हामीसहित हो । हामीबिनाको एमाले होईन ।’ साहले तत्कालिन नेकपाभित्र भीषण् संघर्ष र द्धन्द्धको कारण प्रतिनिधिसभा विघटन भएको स्पष्ट पारे ।

आफूहरु मन्त्री पाएको कारण नेकपा हुँदा केपी शर्मा ओलीको पक्षमा लागेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको उनको जिकिर छ ।

उनले आफूलाई नेता बनाउनको लागि प्रचण्डको कुनै योगदान नभएको दाबी गरे । रौतहटमा आफूलाई समर्थन गर्ने कोही पनि नभएको र जिल्लाबाट लखेटिएको भनेर गलत प्रचार भएको पनि उनको भनाई छ ।

उनले भने,‘प्रभु साहलाई कसले लखेट्ने ? त्यो पनि रौतहटमा ?’ उनले रौहटमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु आफूहरुसँग रहेको जिकिर गरे । उनले आफू त हिँड्दा पनि सभाजस्तो हुने भन्दै कति साथ र समर्थन छ भन्ने कुरा सबैलाई थाहा भएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय