शुक्रबार , चैत्र १६, २०८०

सुर्खेत- अविरल वर्षापछि आएको बाढीले डोल्पामा एक जनाको मृत्यु भएको छ भने दश जना वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा मुड्केजला गाउँपालिकाको वडा नं. १ का धनराज बोहोरा रहेका छन् ।

गाउँपालिकाको वडा नं. १, २ र ३ को कासिलखोला क्षेत्रमा आएको बाढीले ३ वटा घर १० वटा पनी घट्ट बगाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पानी परेको बेला घर र घट्टमा बसेका दश जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अवदेश बुढाक्षेत्रीले जानकारी दिए ।

उद्धारका लागि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी र नेपाली सेना घटनास्थतर्फ लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय