बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

आफ्नो चरित्रमाथि प्रश्न उठ्ने गरी कार्यक्रम बनाएको भन्दै मोडल गरिमा शर्मा कानुनी उपचारमा जाने भएकी छिन् ।

उजले टेलिभिजन कार्यक्रम रजतपट र त्यसका प्रस्तोता प्रकाश सुवेदीविरुद्ध कानुनी उपचार खोज्ने भएकी हुन् ।

आफू र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा आएको भिडियो तोडमोड गरेर चरित्रमाथि प्रश्न गर्न खोजेको उनको आरोप रहेको छ ।

रमाइलो खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका भागहरु तानेर राष्ट्रिय टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्रमाथि प्रश्न गर्न खोजेको आरोपमा उनले सुवेदीविरुद्ध कानुनी उपचार खोज्ने बताएकी हुन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् ।

रजतपट कार्यक्रमले आफ्नो चरित्रमाथि प्रश्न गरेको भन्दै उनले गम्भिर आपत्ति जनाएकी छिन् ।

उनले जारी गरेको बयानमा केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो भनिएको छ ।

शर्माले उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग टेलिफोन सम्पर्क भएको पनि उल्लेख गरेकी छिन् ।

उनका अनुसार सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि सुवेदीले वदनियतपूर्ण समाचार प्रसारित गरेका हुन् ।

आफूमाथि गम्भिर अन्याय भएको महशुस गरेको उनले जानकारी गराएकी छिन् ।

न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको उनले जारी गरेको बयानमा बताइएको छ । उनले भ्रामक र वदनियतपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैसँग अनुरोध पनि गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय