बिहिबार , चैत्र १५, २०८०

काठमाडौ ।

देखिएको तस्बिर अरु कसैको नभएर नेपालका पूर्व प्रधानन्यायधीश दामोदर प्रसाद शर्माको हो ।

उनी खिलराज रेग्मी पछि नेपालको प्रधानन्यायाधीश भएका थिए ।

खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष बनेपछि उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले ।

उनी अहिले सन्यासी जीवन बिताउदै छन् । भीभीआईपीहरुको यो जीवन विश्वमा नै विरलै पाइन्छ ।

अरु प्रधानन्यायाधीशहरु शासनलाई नै आफूले चाहेका व्यक्तिको हातमा पार्न बक्तव्यबाजी गरिरहेका बेला उनले भने विश्वलाई नै एक सन्देश दिएका छन् ।

सबै चीज त्यागेर सादा जीवन जिउनपनि सकिन्छ भन्ने उदाहरण बनेका छन् । अहिलेपनि पूर्व प्राधनन्यायाधीहरु उच्च सुरक्षा अगुवा पछुवा प्रहरी भ्यान नभएसम्म हिँड्न सकेका छैनन् । तर उनी यसरी आनन्दले जंगल, खोला किनारामा सुत्न बस्न सक्छन् ।

यी हुन् अहिलेसम्मका प्रधानन्यायाधीशहरु

नेपालको न्यायिक इतिहासमा चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीश हुन् । सर्वोच्च अदालतको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान हुन् । उनी २००८ साल साउन २६ गते प्रधानन्यायाधीशबनेका थिए । उनले पाँच बर्ष सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।

उनी पछि प्रधानन्याधीश दोस्रो व्यक्ति हुन् अनिरुद्रप्रसाद सिंह । त्यसपछि क्रमस हरिप्रसाद प्रधान, भगवतिप्रसाद सिंह, रत्नबहादुर विष्ट, नयनबहादुर खत्री प्रधानन्यायाधीश बनेका थिए ।

यसैगरी धनेन्द्रबहादुर सिंह , विश्वनाथ उपाध्याय , सुरेन्द्रप्रसाद सिंह, त्रिलोक प्रताप राणा , ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीश बने । २०६४ सालपछि केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप राज शर्मा

रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र पनि प्रधानन्यायाधीश बने २९ औ प्रधानन्यायाधीश सवोच्चले पाउँदा शुशीला कार्कीमात्र एक्ली महिला प्रधानन्यायाधीश हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय