शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गायक तथा मोडल दुर्गेश थापाबीच प्रेम सम्बन्ध रहेको अहिले उनीहरुबीच सम्बन्ध बिग्रिएको भन्दै विभिन्न मिडियाले समाचार बनाएका छन् ।

एपी वान जस्तो मुलधारको मिडियाका कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले समेत यस्तो समाचार प्रशारण गरेका छन् । तर कति अनौठो छ ?

भएको बास्तविक के हो ? कुनै खोजी नगरी समाचार बनाई हालिन्छ । उनीहरुबीचको एउटा भिडियो सम्वाद प्रयोग गरिएको छ ।

त्यो टिकटक लाईभमा भएको भिडियो थियो । भिडियो सम्वादको छोटो अंश मात्र बाहिर ल्याईएको छ ।

उक्त भिडियोमा दुर्गेशले औला ठड्याएर सबैतिर चकनाचुर, अहिले थाहा पाईस् बल्ल । कसले लैजादो रहेछ हेर्छुमपनि भनेका छन् ।

त्यसपछि गरिमाले म मा घमण्ड भएर तिमीजस्तो मान्छेसँग छुट्नुपर्यो । त्यसमा म एकदमै खुशी छु हेर दुर्गेश भन्छिन् ।

तिमीसँग बसेकी भए ववार्द हुन्थ्यो । उनले बोली नसक्दै ए मसँग छुटेपछि ६ जनासँग सुतिसक्यो मैले देखेको छु । तेरो टोलको भाई चै मेरो साथी हो । मलाई भनिराहुन्छ भन्छन् । कोसँग चलिरहेको छ कहिले कोसँग हिड्छेस् ।

कति दिन त्यसरी हिँड्छेस् त दुर्गेशले थप्छन् । तेरो प्रोब्लम नै यही हो भन्दै गरिमा खुशी हुन्छिन् । त्यसपछि दुर्गेश भन्छन् हेर जीन्दगी लामो छ ।

एउटा मात्र अंगाल ल, मेरो जीन्दगी बर्बाद गरेर अरुलाई बायाँ हात हल्लाउँदै नहिँड ल । त्यसपछि गरिमा भन्छिन् खुब जीन्दगी बुझेजस्तो गरेऊ त बा । त्यसपछि दुर्गेश भन्छन् जीन्दगी बुझेर त आज म खुशी छु ।

त्यसपछि गरिमा भन्छिन् म नी छु त म दुखी भाकी छैन । गरिमाले बोली नसक्दै फेरी दुर्गेश थप्छन् । के खान बोल्न आको त त..यसो के छ भनेर गरिमाले बोल्दै गर्दा दुर्गेशपनि बोलिरहेका हुन्छन् म सन्चो हौँ म बिसन्चो हौँ । म जेसुकै हौँ के मतलब ।

ठिक छ केही छैन मलाई सोध्न मन लागेको थियो । बिसन्चो भए एकछिन खुशी हौउला भन्ने थियो गरिमाले भन्छिन् । अब सन्चै भएपनि ठिकै छ । यति मात्र भिडियो टिकटक लाईभबाट कसैले स्क्रिन रेकर्ड गरेर टिकटकमा नै हालिदिन्छन् ।

त्यो भिडियो केही बेरमा नै भाइरल हुन्छ । अनेकौँ समाचार बाहिर आउँछन् । तर त्यो भिडियो भन्दा अगाडीको सम्वाद कसैले ख्याल गर्दैन । त्यो बेलाको लाईभमा गरिमाले दुर्गेशलाई दाजु भनिरहेकी हुन्छिन् ।

दुर्गेशले एउटा गेम खेलाउने भन्छन् । दुर्गेशले गरिमालाई तपाई भनेर सम्वाद गरिरहेका छन् । त्यो खेलमा एक्स गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डको नाटक गर्ने भनिएको हुन्छ । सुरुमा गरिमाले जान्दिन दाई अनुभव छैन भन्छिन् ।

त्यसपछि ट्राई गर्नु न भनेर दुर्गेशले कन्भिन्स गर्छन् मानौँ की ल म नै भए तिम्रो एक्स ग्रलफ्रेण्ड लु सुरु गर भन्छन् ।

एक दुई पटक मिल्दैन । त्यसपछि उनीहरुले वास्तविकता जस्तै गरेर नाटक गर्छन । त्यो भिडियोको सत्य यही हो ।

तर केही मिडियाले वास्तविक जीवन नै त्यही हो भनेर समाचार बनाएका छन् । त्यसपछि गरिमाले रुदैँ । नेपाली मिडियाप्रति असन्तोष जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय