शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेका हुन् । उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको छ भन्ने चासो राखेका छन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

‘उहाँहरुले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताउनुभयो’ नेता साहले भने, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं । यसबारे छिटो निर्णय होस् भनेका छौं ।’

आयोगका अधिकारीहरुले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जनकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय