शनिबार , बैसाख ८, २०८१

 

 

 

 

 

जनकपुरधाम ।

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउँदै छ ।

फैसला लेख्ने काम भइरहँदा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर

अरगरियाले अघिल्लो पुनर्स्थापनाको स्मरण गराएका छन् ।

अघिल्लो पटकको पुनर्स्थापनाले अहिलेको जटिल अस्थिरता निम्तिएको भन्दै

अरगरियाले फेरि संसद पुनर्स्थापना भए मुलुक थप राजनीतिक अस्थिरतातर्फ धकेलिने चेतावनी दिए ।

 

 

 

 

 

बुधवार जनकपुरधाम आइपुगेका पूर्वमन्त्री अरगरियालाई जसपाका कार्यकर्ता र

एमालेका राष्ट्रिय यूवा संघका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

स्वागतपछि सञ्चारकर्मीसँग उनले भने, ‘पहिलो पटक संसद पुन:स्थापना हुँदा दलहरुले के गर्यो सबैलाई थाहा छ ।

 

 

 

 

 

आफैमा गालीगलौज गरे । त्यसैले अब ताजा जनादेश लिनुको विकल्प छैन ।

सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदिए पनि प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहने उनको भनाई थियो ।

आफूहरुलाई पुन: मन्त्री बनाउने विषयमा प्रधानमन्त्रीले केही आश्वासन नदिएको पनि उनले स्पष्ट पारे ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय