शुक्रबार , चैत्र १६, २०८०

पहिलो अपडेट / असार २८, अर्घाखाँची

सन्धिखर्क नगारपालिका वडा नं. १ मा रहेको लदाम बंगैचामा बृक्षारोपण गरिएको छ ।

शसस्त्र प्रहरी ३६ नं. गणको अगुवाईमा रमणिय स्थल लदम बँगैचामा बृक्षारोपण गरिएको हो ।

बँगैचामा आँप, लिची, कागती, अम्वा लगायतका करीव पाँच दर्जन विरुवा रोपण गरिएको कार्यालय प्रमुख एवं डिएसपी गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

बँगैचालाई अझै सुन्दर र रमणिय बनाउनका लागि डिभिजन बन कार्यालयको सहयोगमा फलफुलका विरुवा रोपण गरिएको श्रेष्ठले जानकारी दिए ।

बँगैचा भित्रैको एक भागमा शसस्त्र प्रहरीले आफ्नो अस्थायी कार्यालय स्थापना गरी संचालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय