आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

जनकपुर ।

प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनलाई चकवा गाउँका युवाले विभिन्न आरोप लगाउँदै लखेटेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएको बेला उनलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । असार बित्न लाग्दा हतार हतारमा विकास निर्माणको काम गरेर अनियमितता गरेको उनीहरुको आरोप छ ।

थरुवाही–चकवा सडक निर्माण क्रममा स्थानीय युवाले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको भन्दै विरोध जनाइरहेको समयमा उनी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहसहित पुगेकी थिइन् ।

सो क्रममा स्थानीय युवाहरुले गाउँको अन्य सडकखण्डको अवस्था पनि अति नै दयनीय रहेको र गाउँभरीको पानीको निकास नहुँदा बाटो हिलो भएको कारण आफूहरुले सास्ती पाएको भन्दै आक्रोस पोखेका थिए । आफूहरु दिनरात हिलाम्य बाटोमा हिँड्नु परेको भन्दै उनीहरुलाई प्रदेशसभा सदस्य रानीकुमारीलाई गाडीमा चढेर निरीक्षण गर्न नदिने बताएका थिए । उनलाई पैदल हिँडेर सडक निरीक्षण गर्न युवाहरुले दबाब दिएका थिए ।

स्थानीय युवा रमेश रायले प्रदेश सांसद र जनप्रतिनिधि भएपछि जनताका लागि विकास गर्नुपर्नेमा अनियमितता गर्ने उद्देश्यलेमात्र विकास निर्माणको योजना ल्याइएको आरोप लगाए । उनले नेताहरुसँग जनताले गुनासो पाउनुपर्ने भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

प्रदेश सांसद रानीकुमारीले भने यस सम्बन्धमा प्रतिक्रिया दिन चाहिनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय