बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

सर्वोच्च अदालतले थप चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

एमाले बनेपछि माओवादीले पदमुक्त गराएका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर् १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका– ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बि.सि. लाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको हो ।

संविधानको कुनै पनि धारामा जनप्रतिनिधिलाई पदमुक्त गर्ने व्यवस्था नभएको भन्दै पुनर्वहाली गर्न भनिएको छ । साथै, पदमुक्त हुँदा काम, कर्तव्य र अधिकारमा असर परेको समेत अदालतको भनाइ छ ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।

आदेशसहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय